तिलक चेपाङ,
धादिङबेसी बैशाख ३१ । धादिङको श्री शङखा देवी उमावि जोगिमारा ९ मजिमटारका बाल कक्षा देखि ५ कक्षा सम्मका ६० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
हिन्दी स्वय् सेवक संघ नेपाल र जनजाति कल्याण अश्रामको सहयोगमा विद्यालयलाई शैक्षिक सामग्री बितरण गरिएको हो ।
धादिङ जिल्लाको उत्तरी भेग देखि दक्षिण भेगका विभिन्न विद्यालयका विद्यार्थीहरुको पठन पाठनमा केही हद सम्म सहयोग पुगोस भनी विगत २ बर्ष देखि धादिङका विभिन्न विद्यालयहरुमा शैक्षिक सामग्रीहरु वितरण गर्दै आईरहेको छ ।