धादिङबेसी बैशाख ३१ । मदिरा सेवन गरी घर फर्कने क्रममा लड्दा कुलोमा डुबेर बिहिबार एक जनाको मृत्यु भएको छ ।
धादिङको धार्के स्थित महेश खोला अन्तरगतको कुलोमा डुबेर मृत्यू हुनेमा केवलपुर गाविस वडा नम्बर ८ निवासी ५१ बर्षीय भोटे मिजारको मृत्यू भएको हो ।
धार्के बजारको एक भट्टी पसलमा मदिरा सेबन गरि घर फर्कने क्रममा लडेरे कुलोमा पर्दा मिजारको घटना स्थालमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । अत्याधिक मदिरा सेबन गरेका मिजार बिहिबार बिहान मृत अबस्थामा कुलोमा फेला परेको प्रहरी जानकारी दिएको छ ।