दुबई । धादिङ समाज युएईद्धारा गत अप्रिल ८ मा आयोजित “नयाँबर्ष शुभकामना साँगितिक साँझ २०७३” कार्यक्रमबाट संकलित एकलाख एक हजार रुपैयाँ धादिङ जिल्लाको बेनिघाटस्थित भुमिस्थान प्राथमिक विद्यालयलाई सहयोग गरेको छ ।
गत मे ३ का दिन दुबईको सगरमाथा रेष्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरि सहयोग रकम समाजका सल्लाहकार एवं स्थानीय मनोज गोर्खालीलाई हस्तान्तरण गरिएको हो । सल्लाहकार गोर्खालीले नेपालमा गएर एउटा पत्रकार सम्मेलन गरी उक्त रकम स्कुललाई हस्तान्तरण गर्ने अध्यक्ष भिम अधिकारीले जानकारी दिएका छन् ।
करीब ५० जना चेपाङ्ग बिद्यार्थीहरु अध्ययन गर्ने उक्त भुमिस्थान प्राथमिक विद्यालय भर्खरै ९ महिना अगाडि मात्र स्थापना भई विभिन्न संघ संस्थाहरुको सहयोगमा यो स्कुल अगाडि बढिरहेको जनाइएको छ । यस्ता खालका सानो सहयोगले पनि चेपाङ्ग बालबालिकाहरुको सुनौलो भविश्यको लागि ठूलो सहयोग हुन सक्ने भएको कारण धादिङ समाज युएईले सुरुवात गरेको जनाउदै अन्य व्यक्ति तथा संस्थाहरुलाई पनि सहयोगको लागि अनुरोध गरेको छ ।