त्रिपुरेश्वरमा एमाओवादीको कार्यकर्ता प्रशिक्षण कार्यक्रम

Avatar photo
Dhadingpost
बिहिबार, बैशाख २३, २०७३

प्रसान्त ढ्याउन्या
धादिङबेसी बैशाख २३ । एकिकृत नेकपा माओवादीको त्रिपुरेश्वरमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

इलाका नम्बर ४ का अध्यक्ष सुदर्शन बस्यौलाको अध्यक्षता रहेको कार्यक्रममा एकिृकत नेकपा माओवादी धादिङका जिल्ला अध्यक्ष राम बहादुर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमा एकिकृत नेकपा माओवादी धादिङका जिल्ला सचिव बिजय बुर्लाकोटी, वईसियल धादिङका अध्यक्ष राजेश अधिकारी, हरी बिश्वकर्माको सहभागिता रहेको थियो ।

यसै गरी प्रशिक्षण कार्यक्रमबाट इलाका नम्बर ४ अन्तरगत कटुञ्जे, ज्यामरुङ र गुम्दी गाविसका समेत स्तरीय अगुवा भेला गरिएको गरिएको थियो ।