धादिङबेसी बैशाख २२ । धादिङबेसीबाट २ घण्टाको पैदल दुरीमा पर्ने कटुन्जे गाविसमा एकै पटक सयौको सङ्ख्यामा मरेका सर्प नभएर भ्यागुता भएको पुष्टी ।
कटुञ्जेमा सय भन्दा बढी पर्सहरु मृत भेटिए भन्ने समाचार नेपाल टेलिभिजन, कान्तिपुर दैनिकबाट प्रकाशित भएपछि अन्नुसन्धान गर्न काठमाडौंबाट आएकोे टोलीले ति मृत भेटिएको सर्प नभएर भ्यागुता भएको पुष्टि गरेको हो ।
प्रमुख जिल्ला अधिकारी ,विशेषज्ञ टिम करन बहादुर शाह सहित जिल्ला बन कार्यालय धादिङ को प्रतिनिधिको टोलीले आज अनुसन्धान गर्दै भ्यागुता भएको पुष्टीगरेका थिए ।
कटुञ्जेमा एक साताको बीचमा सयौको सङ्ख्यामा सर्प मरेपछि अनिष्ट हुने आशङ्कामा स्थानियहरु त्रसित बनेका थिए ।
गाउँलेहरु त्रसित बनी रहेको बेला अनुशन्धान गर्न आएको टोलिले त्यो सर्प जस्तो देखिएपनि भ्यागुता भएको र पानीको मुहान सुके सँगै ति भ्यागुताहरु मरेको बताएका थिए ।
हामीले यस्तो भ्यागुता अहिले सम्म देखेका थिएनौं मरेको भेटेका पनि थिएनौ । भ्यागुताको त खुट्टा हुनुपर्ने हो तर अनुसन्धानकर्ताले नै भ्यागुता भनेपछि कसरी नपत्याउने एक स्तानिय बासीले बताए ।