धादिङ कल्लेरी बैशाख १९ । धादिङको कल्लेरी गाउँ विकास समिति वडा नं १ को वईसियल भेला शनिबार सम्पन्न भएको छ ।
कल्लेरी गाविसका वईसियल संयोजक अजुर्नकुमार खतिवडाको अध्यक्षता रहेको कार्यक्रममा वईसियलका जिल्ला उपाध्यक्ष लक्षुमण रम्तेलको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा कल्लेरी गाउँ पार्टीका अध्यक्ष राम शरण सेन्चुरीको विशेष आतिथ्यता रहेको थियो । यसै गरी भेलाले दिपक गैरेको अध्यक्षतामा ९ सदस्यीय नयाा कार्यसमिति चयन गरेको छ । उपाध्यक्ष भिमसिन लामिछाने, सचिव नारायण ओजा, कोषाध्यक्ष प्रमिला मगर रहनु भएको छ ।