गुणस्तर सुधार गर्न -प्राचार्य अधिकारीको अध्यक्षतामा समिति गठन

Avatar photo
Dhadingpost
आइतवार, बैशाख १९, २०७३

दामोदर भट्ट,
धादिङ, फुलखर्क बैशाख १९ । मण्डली उमावि स्रोत केन्द्रको शैक्षिक अन्तरक्रिया कार्यक्रम फुलखर्कमा सम्पन्न भएको छ । शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक भन्ने उद्धेश्यले शैक्षिक कार्यक्रमको आयोजना गरिएको हो ।

गुम्दी चिमचोक फुलखर्क, र रि गाविसकाको यस कार्यक्रममा शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न विषय बस्तुहरुको बारेमा छलफल गरिएको थियो ।

उक्त भेलाले शैक्षिक गुणस्तर सुधारका लागि मण्डली उमाविका प्राचार्य नबराज अधिकारीको अध्यक्षतामा ७ सदस्यीय परीक्षा समिति निमार्ण गरिएको छ । प्रत्येक विषयहरुको ७ सदस्यीय सहित विषय गत समितिको पनि गठन गरेको छ ।

यसैगरी नेपाली विषयको नवराज अधिकारी, विज्ञान स्वास्थ्यको शैलेन्द्र डल्लाकोटी, गणित विषयमा शंशेर भुजेल, सामाजिक जनसंख्यामा हरि प्रसाद वाक्ले, कम्प्युटर पेशामा पुष्प राज ढुवाडी, कक्षा १ देखि ३ सम्मका कक्षा शिक्षक सुनिता अधिकारी, कृषिमा शिब कुमार दास, बाणिज्यमा उत्तम क्षेत्री, अङगे्रजीमा मेष बहादुर तामाङ रहेका छन् ।