धादिङ । नेपाली संस्कृती र मौलिकताच झल्काउने कथामा तयार चलचित्र ‘उहिले बाजेको पालामा’को अडियो तथा प्रोमो सार्वजनिक भएको छ ।
राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्रका कलाकार तथा रंग पत्रकारको उपस्थितीमा सो सार्वजनिक गरिएको हो । कार्यक्रममा चलचित्र प्रदर्शन मिती बैशाख २४ घोषणा समेत गरियो ।
कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष शान्ती प्रियले चलचित्र मार्फत नेपाली मौलीकता हेर्न पाउने भएकोमा खुसी ब्यक्त गर्दै चलचित्रको सफलताको लागी कामना गरे ।
त्यस्तै चलचित्रका लेखक समेत रहेका कलाकार गणेश बेलवासेले कलाकार तथा लेखकण कम भैरहेको गुनासो धेरै आउँछ । दर्शकले नपाली मौलिकता बोकेका चलचित्र बन्नुपर्ने बताउँदै पनि आएका छन् । तर, यस्ता चलचित्र बर्षमा केही मात्र बन्छन् ।
बसन्त जी एमको निर्देशनमा तयार भएको चलचित्रमा बिपिन आचार्यको संगीत, हरी नारायण चौधरीको छायांकन, भरत क्षेत्रीको द्धन्द्ध रहेको छ । चलचित्रले सेन्सर बोर्डबाट यूनिभर्सल सर्टिफिकेट पाएको यस चलचित्रमा दिलिप रायमाझी, खुश्वु खड्का, गणेश वेलवासे, सपना रोका, रविन्द्र आचार्य, माधव पण्डित, कमल गाउँले, नविन श्रेष्ठ, मिउन जिरेलको मुख्य भूमिका छ ।