धादिङ बैशाख १७ । कालीदेवी मावि सलाङ आरुबासको २ कोठे भवन उद्घाटन गरिएको छ । करीव रु १५ लाखको लागतमा बनेको नवनिर्मित २ कोठे भवनको शुक्रबार एक कार्यक्रमको बीच उद्घाटन गरिएको हो ।
विद्यालयका संस्थापक शिक्षक विष्णु प्रसाद अर्यालका सुपुत्र डाक्टर कमल अर्याल र डाक्टर मदन अर्यालको एन.डिएयुके र हेल्थ फाण्डेशन नेपालको तर्फबाट रु १५ लाख सहयोग प्रदान गरेपछि विद्यालयको भवन निमार्ण थियोे ।
शिल्यान्यास कार्यक्रममा बरिष्ठ समाज सेवी टंक प्रसाद आर्चाय र विद्यालयका सहायक प्रधानाध्यापक दाताराम सिलवाल लगायत अन्य शिक्षक÷शिक्षिका र विद्यार्थीहरको सहभागिता रहेको थियो ।