एडभान्स एकेडेमीले मनायो स्थापना दिवस

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख १७, २०७३

धादिङ बैशाख १७ । एड्भान्स एकेडेमी धादिङको दशौँ विद्यालय दिवस तथा सातौ विदाई समारोह कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्री तिवारीको सभापतित्वमा समपन्न कार्यक्रमको प्रमुख आतिथ्यता स्रोत व्यक्ति ईश्वर कुमार श्रेष्ठको रहेको थियो ।

कार्यक्रममा २०७२ सालमा एस एल सी दिने विद्यार्थीलाई मायाँको चिनो दिई सम्मान गरी विदाई गरीएको थियो । भने गत आर्थिक वर्षमा विभिन्न विधामा उत्कृष्ठ हुने विद्याथीलाई अवार्ड प्रदान गरीएको थियो ।

कार्यक्रमा विद्यार्थीहरुले विभिन्न कला तथा नृत्यहरु प्रस्तुत समेत गरेका थिए ।