भट्टराईले आगामी जेष्ठ ३० गते नयाँ पार्टी घोषणा

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख १७, २०७३

काठमाडौं बैशाख १७ । बाबुराम भट्टराईले आगामी जेष्ठ ३० गते नयाँ पार्टी घोषणा गर्ने भएका छन् ।

काठमाडौंको दशरथ रंगशालामा एक विशेष कार्यक्रमको आयोजना गरि नयाँ पार्टीको औपचारीक घोषणा गरिने नयाँ शक्ति अभियानको केन्द्रिय कार्यालयले जनाएको छ ।

नयाँशक्ति नेपालले नयाँ संस्कार, नयाँ संस्कृति, आर्थिक समृद्धि, सुशासन र विकाससहितको वैकल्पिक राजनीतिक धार स्थापना गर्ने अभिप्रायका साथ पार्टी घोषणा गर्न लागिएको बताईएको छ। काठमाडौंको प्रज्ञा भवनमा जेष्ठ ३१ र ३२ गते प्रज्ञा भवनमा पार्टीको भेला गर्ने कार्यक्रम तय भएको छ ।