धादिङ बैशाख १७। नेकपा क्रान्तिकारी माओवादीका महासचिव रामबहादुर थापा ‘बादल’ले बहुमतको निर्णयबाट एमाओवादी सँग पार्टी एकता गर्ने तयारी गरेका छन् ।
एमाओवादीको प्रचण्ड निवास लाजिम्पाटमा आज बसेको स्थायी समितिको बैठकले मोहल वैद्यहरु आउने बाटो खुला गर्दै पार्टी एकता गर्ने निर्णय गरे सँगै बादलले बहुमत केन्द्रिय सहित केहि दिन मै पार्टी एकता गर्ने बताएका हुन।
अझै वैद्यलाई मनाउन सकिन्छ कि प्रयास जारी राखेका छौं त्यसैले एकता हुन ढिला भै रहेमा बादल पक्षिय एक नेताले बताए ।
आज भएको एमाओवादी बैठकमा पार्टी एकतापछि बादलको जिम्मेवारीबारे पनि छलफल भएको छ । बादललाई पार्टीमा तेस्रो बरियता दिने समझदारी भएको छ । प्रचण्डपछि उपाध्यक्ष नारायणकाजी श्रेष्ठ रहनेछन् । त्यसपछि बादल रहने बताइपनि पद भने खुलेको छैन ।