धादिङ बैरेनी, चैत्र २९ । पृथ्वीराजमार्गमा मालवाहक ट्रकले मोटरसाईकललाई ठक्कर दिंदा चालक को घटना स्थल मै मृत्यू भएको छ ।
आज बिहान भएको दुर्घटनामा मोटर साईकल चालक वैरेनी–८ निवासी २७ वर्षीय दीपक विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो ।
काठमाडौं जादैं गरेको ना ४ ख ११८६ नम्बरको ट्रकले भुमेस्थान ८ डाङ्गडुङ्गे खोलानजिकै बा ५१ प ४८२४ नम्बरको मोटरसाईकललाई ठक्कर दिएपछि विश्वकर्माको घटनास्थलमै मृत्यु भएको वैरेनीस्थित प्रहरी नायव निरीक्षक सुरेन्द्र यादवले बताए ।
ठक्कर दिने ट्रक र रुपन्देही निवासी चालक चन्द्रवहादुर सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।