धादिङबेसी सेमजोङ चैत्र २६ । स्थानिय स्तरमा हुने खेलकुदको सबैभन्दा ठुलो र सामाजिक कामको लागि वाका फुटबल प्रतियोगिता धादिङको सेमजोङमा आज देखि सुरु हुँदैछ ।
विगत ६ वर्ष देखि नयाँ वर्षको उपलक्ष्यमा न्यू वाका रारा युवा क्लव सेमजोङले गर्दै आएको प्रतियोगिता यो सातौ वाका कप हो ।
प्रथम पुरस्कार ५० हजार, दितिय पुरस्कार २५ हजार र सान्तोना पुरस्कार १० हजार रासी भएको यस प्रतियोगिता हरेक बर्ष हुने उत्तरी धादिङ सवै भन्दा ठुलो प्रतियोगिता यो पहिलो हो ।
देश विदेशमा रहनुहुने सुभेक्ष्छुकहरुको सहयोग बटुलेर आयोजाना हुने यस प्रतियोगिताबाट बचेको रकम सामाजिक काममा क्लवले प्रयोग गर्दै आई रहेको छ । आज १ बजेबाट सुरुहुने फ्टबल प्रतियोगितामा २० टिमले भाग लिने छन् । प्रतियोगिताको फाईनल नयाँ वर्षको दिन अर्थात बैशाख १ गते हुने क्लवका अध्यक्ष सुकराम तामाङले जानकारी दिनु भयो ।
को को बाट सहयोग आयोत वाका युवा क्लवलाई
– बुद्ध युबा समाज मलेसियाका उपाध्यक्ष बिष्णु हिम्रुङ्ले सातौ वाका कपमा खेलाडीलाई ग्लुकोज पानीको ब्यवस्थाको लागि नेपाली रुपैया १० हजार
– धादिङ सेमजोङ १ गैराका कालु तामाङ (हाल दुबाइ) नगद रु.५ हजार
– काठमन्डु बस्ने नुवाकोट सामारी ३ फलाटेका सुबिन तामाङ बाट नगद रु.२ हजार
– काठमन्डु बस्ने धु्रव विक्रम मल्लले ट्रफी र मेडल
– जिल्ला विकास समिति धादिङ, गाविस कार्यालय, लगायत विभिन्न संस्थाबाट सहयोग
प्रतियोगितालाई सहयोग गर्नेहरुको नाम लिस्ट संकलन गर्ने कार्य भै रहेकोले के कति सहयोग प्राप्त भयो अहिले यसै भन्न नसकिने समेत क्लवका अध्यक्ष सुकराम तामाङले बताउनु भयो ।