तमु राष्ट्रिय मुक्ति मोर्चाको जिल्ला सम्मेलन चैतको २९ र ३० गते

Avatar photo
Dhadingpost
मङ्लबार, चैत्र २३, २०७२

धादिङ चैत्र २३ । तमु राष्ट्रिय मुक्ति मोर्चाको धादिङको विस्तारित बैठकले जिल्ला सम्मेलनको मिति तय गरेको छ ।

तमु राष्ट्रिय मुक्ति मोर्चा धादिङका अध्यक्ष भिमराज तमुको अध्यक्षता सोमबार धादिङबेसीमा वसेको विस्तारित वैठकले जिल्ला सम्मेलन चैतको २९ र ३० गर्ने निर्णय गरेको हो ।

एकिकृत नेकपा माओवादी धादिङका जिल्ला अध्यक्ष राम बहादुर भण्डारीको प्रमुख आतिथ्यता रहेको रहेको वैठकमा तमु राष्ट्रिय मुक्ति मोर्चका केन्द्रिय महासचिव लक्ष्मी तमु , तमु राष्ट्रिय मुक्ति मोर्चका केन्द्रिय समितिका सचिव अम्बिर तमुको विशेष आतिथ्यता रहेको थियो ।