कहाँबाट भित्रिन्छन् ड्रोन क्यामेरा

Avatar photo
Dhadingpost
शनिबार, चैत्र २०, २०७२

काठमाडौं । मंसिर १६ गते उपल्लो मुस्ताङको ताप्तेजुङ क्षेत्रमा ड्रोन उडाएर तस्वीर लिइरहेका जर्मनीका दुई पर्यटक माइकल र आजा टोसक पक्राउ परे ।
इलाका प्रहरी कार्यालय लोमान्थाङले ड्रोन र क्यामेरा समेत जफत गरेपछि उनीहरु तीन दिनमा जोमसोमबाट रिहा भएको अाजको अन्नपूर्णमा समाचार छ ।
चैत ४ गते म्याग्दीको घोरेपानीस्थित पुनहिलमा त्यस्तै अवस्थामा युक्रेनी नागरिक समातिए । उनको साथबाट इलाका प्रहरी कार्यालय घोरेपानीले ड्राने सेट रिमोट, दुई थान व्याट्री जफत गर्‍यो ।
पछिल्लो तीन महिनामा विश्व प्रसिद्ध राउन्ड अन्नपूर्ण पदयात्रामा भएका घटना हुन् यी । प्राकृतिक सुन्दरता धार्मिकस्थल, हिम शृंखला र कला संस्कृतिमा रमाउन आउने पर्यटकले अनुमतिविना ड्रो क्यामेरा मार्फत तस्वीर र दृश्य लिने क्रम बढेपछि प्रहरीले सक्रियता बढाएको छ ।
खासगरी बैशाख १२ को विनाशकारी भूकम्पछि ड्रोन चलाउनेको संख्या उल्लेख्य मात्रामा बृद्धि भएपछि सरकारले गत कार्त्तिकमा ड्रोन प्रयोग सम्बन्धी निर्देशिका जारी गरेको थियो ।