धादिङबेसी वसपार्क असुरक्षित बन्दै ४ जना प्रहरी नियन्त्रणमा

Avatar photo
Dhadingpost
बुधबार, चैत्र १०, २०७२

धादिङ चैत्र १० । धादिङबेसी बसपार्कमा गुन्डा अमानविय गतिविधि गरेको भन्दै आदर्स बर्मा सहित ४ जनालाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ ।
फागु पूर्णिमा (होली) मनाउदै धादिङबेसी होली मय भै रहेको थियो । तर एक समुह एकका एक बसपार्क छिरे दिउसो बसपार्कमा राखिएको मिनिबस बा ३ ख १५९५ को बस तोड फोड गरे पछि ति यूवाहरुलाईलाई अनुशन्धानको लागि नियन्त्रणमा लिएको बताईएको छ । ।
यस अगि पनि बसपार्क मै राखिएको बा ३ ख २३५८ बसलाई लाई तोड फोड गरेकोमा प्रहरीले पक्राउ गरी अब आइन्दा नगने सर्त मा आफ्न्त लाई जिम्मा लगाएको थियो ।
केहि समय सान्त बनिसकेको धादिङ्बेसीमा प्रहरीले अराजक गतिबिधीमा सामेल हुनेलाई समाउदै छोद्दै गरे पछी पछिल्लो समय पुन मौलाए छ बसपार्क बासी बताउछन ।