धादिङको चरङ्गेफेदीमा तीर्थ धाम बन्दै

Avatar photo
Dhadingpost
शुक्रबार, चैत्र ५, २०७२

धादिङ चैत्र ५ । धादिङ जिल्लोको उत्तरी भेगमा अवस्थित कटुञ्जे गाविसको चरङ्गेफेदीमा तीर्थ धामको काम सुरु भएको छ ।
रुवी भ्याली क्षेत्रलाई धार्मिक पर्यटनसँग जोड्न तीर्थ धाम चरङ्गेफेदीमा हो ।
चरङ्गेफेदीमा रहेको चौतारामा मन्दिर निर्माणको कार्य सुरु भइसकेको र एक वर्ष भित्रमा मन्दिर निर्माणको काम सम्पन्न हुने बताईएको छ । मन्दिरको तल्लो भागमा ठूलो कुण्ड बनाउने सोही क्षेत्रमा पितृ उद्धार धाम, कृयापुत्री भवन, सामुदायिक भवन तथा संस्कृति पाठशालाल समेत निर्माण गरिने गरि काम सुरु गरिएको छ ।
करीब ८० लाखको बवेटको आधारमा निर्माणकार्य सुरु यस मन्दिर परिसरले हुलाकी राजमार्गले समेत जोडेकोले कुशे औंशीमा हजारौं रुपैयाँ खर्च गरेर वेत्रावती वा काठमाडौंको गोकर्णेश्वर पुग्ने तीर्थालुहरु सोही क्षेत्रमा ल्याउने तयरी रहेको बताईएको छ ।