धादिङबेसीमा रक्तदान गरि मनाईयो सहकारी दिवस

Avatar photo
Dhadingpost
मङ्लबार, चैत्र २, २०७२

धादिङबेसी चैत्र २ । श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड धादिङको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
५९ औं सहकारी दिवसको अबसरमा श्रोत परिचालन सहकारीले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
आर्थिक बिकास र सामाजिक रुपान्तरणका लागि सहकारी भन्ने मुल नाराका साथ युवा तथा बालबालिका उपसमिति धादिङले आयोजना गरिएको रक्तदान कार्यक्रममा १ सय ६३ जनाले रक्तदान गरेका थिए ।
रक्तदान गर्नेहरुमा श्रोत परिचालन सहकारीका सदस्य, गणेश हिमाल क्याम्पस धादिङ र चिल्डे«न पार्क आवसिय उमावि धादिङका छात्रा÷छात्र र शिक्षकहरु रहेका थिए ।