काठमाडौ । अखिल नेपाल ट्रेड युनियन महासंघको ३ नं प्रदेशको संयोजकमा अध्यक्षका जगत सिंखडा चुनिनु भएको छ ।
सोमबार काठमाडौको कार्की प्यालेसमा महासंघका फ्र्याक्सन इन्चार्ज लोकेद्र बिष्ट मगरले उद्घाटन गर्नु भएको सम्मेलनले सिंखडा अध्यक्षको जिम्मेवारी हो ।
सम्मेलनबाट जगत सिंखडाको अध्यक्षमा ३५ सदस्यीय समिति गठन गरेको छ । समितीको उपाध्यक्षमा पिताम्बर गिरि, जनक शर्मा र ध्रुब कोइराला रहेका छन् । सचिव राज कुमार लामा, सह सचिव कुमार पन्त र कोषाध्यक्ष संगिता बानिया रहेको ७ जना पदाधिकारी सहित २८ सदस्यीय समिति निर्बिरोध निर्वा्चित गरेको महासंघले जनाएको छ ।
सम्मेलनमा एमाओवादी प्रदेश इन्चार्ज लीलामणि पौडेल, सचिव नारायण दाहाल महासंघ अध्यक्ष शालिराम जम्कट्टेल, उपाध्यक्ष जय कार्की, महासचिव गणेश रेग्मी लगायको उपस्तिथि रहेको थियो ।