धादिङबेसी चैत्र २ । लोकतान्त्रिक मूल्य मान्यतालाई अहिंसाकार गरी नेपालमा नयाँ संविधान जारी भएको कार्यक्रममा सहभागिहरुले बताएका छन् । स्थानिय शान्ति समिति धादिङले सोमबार धादिङबेसीमा आयोजना गरिएको नेपालको संविधान २०७२ सम्बन्धी अनुसम्बन्धी अनुशिक्षण कार्यक्रममा सहभागिहरुले यस्तो बताएका हुन् ।
जनताहरुको अपेक्षा अनुसार नेपालमा जारी भएको संविधान गणतन्त्रात्मक तर्फ जाने लागेको बताएका थिए । सार्वजनिक कार्यक्रममा महिला तथा दलितहरुको सहभागिता समान तरिकाले जनाउन पाउने ब्यबस्था गरिएपनि महिलाहरु कम मात्रामा सहभागिता भएकोमा दु.ख ब्यक्त गरेका थिए । नेपालको संविधानमा आमा र बाबुको नाम बाट नेपाली नागरिकता पाउने ब्यबस्था यदि आमा र बाबुको पहिचान नभएको
खण्डमा कसरी नागरिकता पाउन सकिन्छ, कानुनी प्रक्रिया कस्तो रहेको छ भन्ने विषयमा छलफल गरिएको थियो । सहभागिहरुले राखेको जिज्ञासामा कानुन अधिबक्ता टंक कुमार श्रेष्ठले नाता प्रमाण खुल्ने प्रक्रिया पुरा गरी प्रमाण ल्याउन सके नागरिकता पाउँने यदि प्रमाण ल्याउन नसके बंशको आधारमा नागरिकता पाउने बताउनु भएको थियो ।
यसै गरी गाउँ गाउँमा संविधान सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नु आबश्यक रहेको पूर्व संयोजक भूमि त्रिपाठीले बताउनु भएको छ । अनुशिक्षण कार्यक्रममा नेपालकोे संविधान २०७२ सम्बन्धी कानुन, नीति नियमहरु लगायत हक अधिकारहरुको बारेमा ब्याख्या तथा विश्लेष गरिएको थियो ।
स्थानिय शान्ति समिति धादिङका संयोजक कृष्ण कुमार श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिश्व प्रकास सुवेदीको प्रमुख आत्थ्यिता रहेको थियो ।