टर्की अंकरा चैत्र १ । टर्कीको राजधानी अंकरामा बम विष्फोटहुँदा ३४ जनाको ज्यान गएको छ ।
गएराती भएको आतंकवादीले बम विष्फोट गराउँदा ३४ जनाले ज्यान गुमाउनुका साथै १२५ जना घाइते भएका छन् ।
यो हमला यसै महिना भएका मध्ये तेस्रो हमला हो । बम विष्फोटको घटना पूरै सहरमा सुनिएको थियो । बस स्टेसन र पार्कको नजिक विष्फोट भएपछि मर्ने र घाइते धेरै भएको बिबिसीले जनाएको छ ।