गर्भवती महिलालाई निशुल्क सेन्टर होमको ब्यबस्था

Avatar photo
Dhadingpost
सोमवार, चैत्र १, २०७२

sutkeri-111धादिङबेसी चैत्र १ । नेपाल पब्लीक एसोसियसन नेपाल संस्था र युनिसेफ धादिङले गर्भबती भएका महिलाहरुलाई निशुल्क सेन्टर होमको ब्यबस्था गरेको छ ।
भुकम्प पछि अफ्ठेरोमा परेका गर्भवती महिलाहरुलाई धादिङबेसीमा सेन्टर होमको ब्यबस्था गरिएको हो ।
गर्भवती भएको ८ महिना सम्मका सबै महिलाहरु र सुत्केरी भएका महिलाहरु यस संस्थामा निशुल्क रुपमा बसोबास गर्न पाउने छन् ।
प्रत्येक घरको बिरामी सहित एक जना कुरुवालाई निशुल्क रुपमा खाना खुवाउने ब्यबस्था गरिएको सेन्टर होमका इन्चार्ज लक्ष्मी पाठक बताउनु हुन्छ ।
जेठ महिना देखि सुरु गरिएको सेन्टर होममा बसोबास गर्दै आई रहेका गर्भवती महिलाहरुको स्वास्थ्य शिक्षा, दैनिक रुपमा बिरामीहरुको अभिलेख राख्ने, गर्भबती भएका महिलाहरुलाई एम्बुलेन्स लगायत सेवासुविधाको ब्यबस्था गरिएको पाठकले बताउनु ।
घरमा बसेर सुत्केरी हुँदाको अबस्था भन्दा होम सेन्टरमा सुत्केरी हुँदा आमा र बच्चाको लागि ज्यादै राम्रो भएको छ । सुत्केरीहरुको लागि आबश्यक पर्ने सामग्री तथा पौष्टिक तत्वहरु प्रशस्त मात्रामा उपलब्ध भएको सेन्टरमा बस्दै आएकी लापाकी फूलमाया तामाङ बताउनु हुन्छ ।