धादिङबेसी फागुन २५ । १ सय ६ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस अवसरमा धादिङबेसीमा साँस्कृतिक कार्यक्रम सम्पन्न ।
धादिङ उद्योग बाणिज्य संघ आयोजनामा भएको साँस्कृतिक ७ देशका कलाकारहरुले गित तथा नृत्य प्रस्तुत गरेका थिए ।
अन्तराष्ट्रिय श्रमिक महिला दिवस मुल समारोह समिति संयोजक विष्णु श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा धादिङ उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य कमला श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
महिला दिवस मनाउँदा शहर मात्र केन्द्रित नभई ग्रामीण भेगका महिलाहरुलाई पनि समेटिनु पर्ने कार्यक्रममा सहभागिहरुले बताएका थिए । महिला र पुरुष बीचको श्रमको ज्यालाको बिभेदको आन्दोलको रुपमा यो दिवस मनाइएको महिला मानवअधिकार कर्मीहरुले बताएका छन् ।
गाउँका महिलाहरुलाई आर्थिक विकास समृद्धि तर्फ केन्द्रि गर्नु पर्ने बताए ।
महिला हिंसा अन्त्य गर्न घर देखि नै महिला हिंसा अन्त्य सम्बन्धी अभियामन सुरु गर्नु पर्ने बताएका थिए । घरको चुलो चौका देखि महिला हिंसा अन्त्यको अभियान सुरु गरी विकास निमार्ण कार्य तर्फ महिलालाई केन्द्रित गराउनु पर्ने बताएका थिए ।