रादहानीको गीतसँगीत बिमोचित

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन १८, २०७२

काठमाडौं फगुन १८ । चलचित्र राहदानीको गीतहरुको सँग्रह सोमबार राजधानीमा एक समारोह बीच सार्वजनिक गरिएको छ ।
यो चलचित्रको गीतिसँग्रह पनि चलचित्रका गीतकार एवँ शसस्त्र प्रहरी बल प्रहरी नायव महानिरिक्षक शैलेन्द्र खनाल, सँगीतकारद्धव गैरे सुरेश र जुगल डँगोल, नृत्य निर्देशक राजु शाह, प्रस्तुतकर्ता लक्ष्मीप्रसाद ढकाल, गायिका निशा देशार, गायक प्रमोद खरेल र प्रदर्शक वितरक गोपाल कायस्थले बिमोचन गरेका हुन् ।
यो चलचित्र १२ चैतबाट देशव्यापी प्रदर्शनीमा आउने यसका प्रस्तुतकर्ता ढकालले बताए । बैदेशिक रोजगारमा कोही नठगिउन र उनीहरुलाई स्वदेशमै रोजगारीको व्यबस्था गरियोस भन्ने सन्देश दिनको लागि यो चलचित्र निर्माण गरिएको ढकालले बताए ।
शसस्त्र प्रहरी बल प्रहरी नायव महानिरिक्षक शैलेन्द्र खनाल ‘शरद’ले आफ्नो गीतले चलचित्र राहदानीमा बिदेशमा गएर पसिना बगाउनु भन्दा आफ्नै देशमा केही गरौं भन्ने सन्देश दिने बताए । सँगीतकार जुगल डँगोलले चलचित्रका चार ओटै गीत फरक र कर्णप्रिय बनेको छ भने ।
पत्रकार बिदुर गिरीले राहदानी सन्देश मुलुक चलचित्र भएकाले यसलाई दर्शकले मन पराउने विश्वास व्यक्त गरे । यस्तै चलचित्र वितरक एवँ प्रदर्शक गोपाल कायस्थले आफुहरुले यसको प्रदर्शनीमा विशेष सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रम गायक प्रमोद खरेलले चलचित्रको बियोगान्त गीत जिन्दगीको गोरेटोमा…र गायिका निशा देशारले चलचित्रको मारुनी गीत साउनको ठुलो झरी…गाएका थिए ।
मलेशियामा चार शो प्रदर्शनी गरिएको राहदानी आगामी १२ चैतबाट मलेशियाका विभिन्न शहरमा पुन प्रदर्शन गरिने यसका लेखक निर्देशक डब्बु क्षत्रीले बताए । उनका अनुसार चलचित्रमा राष्ट्रिय भावनाको गीत मेरो देश…, जिन्दगीको गोरेटोमा…साउनको ठुलो झरी…र आईटम गीत गुन्यु चोली… छन् । चलचित्रको चार गीतमा गैरे शुरेस, बसन्त सापकोटा, चेतन सापकोटा र जुगल डँगोलको सँगीत छ । यी गीतहरु शैलेन्द्र शरद, चण्डि श्रेष्ठ, डा. गोबिन्द कुसुम र डब्बु क्षत्रीले लेखेका हुन् । जसमा सानिध्य खनाल, प्रमोद खरेल, निशा देशार र दुर्खा खरेलका स्वर छन् । क्लिन भिसिडीले राहदानीको गीतिसँग्रह बजारमा ल्याएको हो ।
यो चलचित्रलाई काठमाडौंमा पपकर्न र मोफसलमा एफडीले बितरण गर्दैछ । राहदानीमा दयाहाङ राई, अशोक रिजाल, रुपा खनाल, सृजना सुब्बा, नविन लम्साल, बिनिता घिमिरे, मोनिका दाहाल, फुपु तेन्जिङ शोर्पा, विकाश जोशी, अस्मिता बस्नेत, आयुस्मा श्रेष्ठ, विधा कार्की, लक्ष्मण बिक्रम बस्नेत, दिनेश दुलाल लगायतका कलाकार छन्. । चलचित्रको आईटम गीतमा अभिनेत्री विश्वकर्माको नृत्य रहेको छ ।