२ सय ५१ रुपैयाँमै स्मार्ट फोन पाईने

Avatar photo
Dhadingpost
सोमवार, फाल्गुन १७, २०७२

काठमाडौं । भारतको एक अनजान सी कम्पनीले विश्वमै सबैभन्दा सस्तो स्मार्टफोन लञ्च गरेको छ । उसले फ्रिडम २५१ स्मार्ट फोन बजारमा ल्याएको हो । यसको मूल्य पनि २ सय ५१ भारतीय रुपैयाँ रहेको छ ।

दिल्लीको नजिक रहेको नोयडास्थित रिंगिंग बेल्स नामको एक वर्ष पुरानो कम्पनीको यो ३ जी ह्याण्ड सेटको सस्तो मूल्यको यो फोन १५ गुणा महंगो कुनै पनि फोन जस्तै रहेको छ ।

विहीबारदेखि नै उक्त स्मार्ट फोनको बुकिङ खुला गरिएको कम्पनीको वेबसाइट (फ्रिडम२५१ डट कम) मा उल्लेख छ । बुकिङ खुला गरेपछि एकै पटक धेरै मानिसले उक्त वेबसाइट खोलेकाले वेबसाइट नै क्र्यास भएको छ ।

वेबसाइट क्र्यास भएपछि कम्पनीले सूचना जारी गरेको छ । उक्त सूचनामा प्रतिसेकेण्ड ६ लाखले बुकिङ गरेपछि एक दिनको लागि विक्री रोक लगाइएको छ । आगामी जुन महिनासम्म उक्त फोनको विक्री गरिने कम्पनीले जनाएको छ । (बीबीसी हिन्दी)