नेपाल कै पहिलो युद्ध संग्रहालय राष्ट्रपतिबाट उद्घाटन

Avatar photo
Dhadingpost
बुधबार, साउन १३, २०७८

काठमाडौं साउन १३ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कै पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उदघाटन गरेकी छन् ।

कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा नेपाली सेनाले निर्माण गरेको सिन्धुलीगढी युद्ध संग्रहालय बुझाबार एक कार्यक्रमका बीच भण्डारीले रिबन काटेर उद्घाटन गरेकी हुन् ।

नेपाल एकीकरणका क्रममा विसं १८२४ असोजमा सिन्धुलीगढीको युद्धमा काठमाडौं कब्जा गर्न इष्टइन्डिया कम्पनीका कप्तान किनलोकको नेतृत्वमा आएको आधुनिक हतियारले सुसज्जित अङ्ग्रेज सेनालाई बंसु गुरुङको नेतृत्वमा गोर्खाली सेनाले हराएको स्थान भएकोले याहाँ सेनाले युद्ध संग्रहालय बनाएको बताईएको छ ।

सङ्ग्रहालयमा युद्धकालीन अवस्थाका पात्र, सिन्धुलीगढी युद्धका घटनाक्रम, सैनिकका आँखामा युद्धको परिदृश्य, सिन्धुलीगढी युद्धका वृत्तचित्र, चरणबद्ध युद्धका चित्र, तत्कालीन युद्धमा प्रयोग भएका घरेलु हतियार, युद्धकालीन हातहतियार, अङ्ग्रेजहरुले प्रयोग गरेका तोप, नेपाली योद्धा, बेलायती योद्धा, नेपाली योद्धाका कलाचित्र, मिथिला कला, बेलायतीहरुको नाममा बनाइएका स्तम्भ, युद्धकालीन शिलालेख, ऐतिहासिक दस्तावेज तथा इतिहासका पुस्तकालय राखिएको छ ।