धादिङबेसी । विश्व शान्ति केन्द्र नेपाल धादिङको प्रथम बार्षिक साधारण सभा तथा पहिलो अधिबेशन धादिङबेसीमा सम्पन्न भएको छ ।
नबगठित कार्य समितिका अध्यक्ष धुव्र भट्ट, बरिष्ठ उपाध्यक्षमा बद्री अधिकारी, उपाध्यक्षमा सुदिप भट्ट, सचिवमा प्रमोद भट्ट, सह सचिवमा पार्वती श्रेष्ठ, कोषाध्यक्षमा अम्बिका लामिछाने, स कोषाध्यक्षमा केदार सुवेदी, र सदस्यहरुमा हरिमाया रायमाझी, राम प्रसाद घिमिरे, गितादेवी लम्साल, हिरादेवी नेपाल अम्बिका सुवेदी, रुकमिला पाण्डे, र संरक्षकमा राम भट्ट चयन हुनु भएको छ ।
कार्यक्रममा कपिल देव भट्ट, अखिल नेपाल टे«ड युनियन महासंघ धादिङका अध्यक्ष बद्री सुवेदी, समाजसेवी , विष्णु बोहोरा, ब्राहमण सामज धादिङका अध्यक्ष गंगादत्त तिमल्सेना लगायतको अतिथ्यता रहेको थियो ।