मौवाखोला बजारबाट जुवाडे पक्राउ

Avatar photo
Dhadingpost
शनिबार, फाल्गुन १५, २०७२

धादिङ जोगिमारा । पृथ्वीराजमार्ग स्थित जोगीमारा मौवाखोला बजारबाट जुवा खेल्दै गरेको अवस्थामा नगद रकम सहित जुवाडेहरुलाई पक्राउ परेका छन् ।

मौवाखोलाका स्थानीय भेषबहादुर गुरुङको घरमा जुवा खेलेको जानकारी पाए पछि पुगेको प्रहरीले नगद सहित जुवाडेहरुलाई पक्राउ गरेको हो ।
जुवा खालबाट ३ बुक तास र ७९ हजार २ सय ९० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा चितवन दाह्रेचोकका कुरिनटार बस्ने २८ वर्षीय अनिल राई, गोरखा बुङकोट बस्ने ५३ वर्षीय नर बहादुर अधिकारी, धादिङ जोगिमाराका ३५ वर्षीय ज्ञान बहादुर श्रेष्ठ, २५ वर्षीय बिकाश गिरी, ३७ वर्षीय देव गुरुङ ३८ वर्षीय भेषबहादुर गुरुङ र २९ वर्षीय दिपक केसी रहेको रहेका छन् । पक्राउ परेकालाई जुवा ऐन अन्तर्गत मुद्धा चलाईने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।