धादिङ थाक्रे फागुन १५ । थाक्रे गाविस वर्डा नं. ७ मा रहेको एभरेष्ट इँटा भट्टामा पोल्नको लागि तयार पारिएको इँटा खसेर लाग्दा शुक्रबार २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भट्टामा काम गर्ने नेपालगन्जका ६० वर्षीय जमिम कचगर र उनका ५ वर्षीय छोरा सलिम कचगर छन् । घाइते रोल्पा ताराबाङका ३५ वर्षीय सुरेन्द्र बुढा रहेका छन् ।