काठमाडौं फागुन १० । यो माया भन्ने चिज कस्तो हो ? कसैले बुझन नसक्ने । अनि नभईपनि नहुने । जसलाई माया गर्यो अनि विश्वास गर्यो, उसैले साथ छोडेपछि आफ्नो सर्वस्व हरेर अरुकै हात थामे पछि एक नारी मन कसरी बिचलित हुन्छ ।
उस्को के हालत होला अब तपाईनै बिचार गर्नुर्होस् । कसैको मायामा पागल बन्दै आफैलाई सिध्याउन सक्छि ? यहि सेरोफेरोमा आफनो कस्तिष्क घुम्छ अनि अन्तिम उपाय हुन्छ आत्महत्या । यी माथि उल्लेखित कुरा हो एक लघु चलचित्र ‘म्याड गर्ल’ (पागल केटी) ।
लघु चलचित्र ‘म्याड गर्ल’ हाम्रैै समाजको कथालाई बोकेर निर्माण भएको छ । एनएचएस मिडियाको प्रस्तुति रहेको यस चलचित्रलाई रामेश्वर हुमागाइँले छायांकन गरेका छन् भने, युवराज खत्रीले सम्पादन गरेका छन् ।
लघु चलचित्र ‘म्याड गर्ल’लाई शंकर अधिकारी ‘घायल’ले लेखेका हुन भने, निर्देशन पनि ‘घायल’ले नै गरेका हुन् । चलचित्रमा पत्रकार दिनेश थापा, उषा बस्नेत, युवराज खत्री, पार्बती कुमाल र टेक अधिकारीको अभिनय रहेको छ ।
भिडियो हेरौ
https://www.youtube.com/watch?v=C0sxG8t9lH8