धादिङबेसी फागुन ९ । नेपाली काङग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री स्वर्गीय स्व. सुशिल कोइरालाको १३ औं पुण्य तिथिको अबसरमा धादिङबेसीमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । सभामा नेपाली काङग्रेसमा पार्टी देखिएको समस्या समाधान गर्न केन्द्रिय स्तरमा पार्टी निरन्तर लागि परेको नेपाली काङग्रेसका केन्द्रिय सदस्य राजन प्रसाद पन्तले बताउनु भएको छ ।
१३ औं पुण्य तिथिको अबसरमा स्वर्गीय सुशिल कोइरालाको फोटोमा फूल र अबिर चढाई माल्यापण गरिएको थियो । स्वर्गीय सुशिल कोइरालाले देशको नेतृत्व गर्न सक्छ कि सक्दैन भन्ने चिन्ता लिने ब्यक्ति रहेको बताउनु भयो । २००७ साल देखि समग्र देशको परिवर्तन गर्ने पार्टी नेपाली काङग्रेस नै भएको जन्तले दावी गर्नु भयो ।
यसै गरी नेपाली काङग्रेस धादिङका पुर्वसभापति रामनाथ अधिकारीले अधिकार दिन लायक अधिकार दिने आँट भएको ब्यक्ति अब काङग्रेस भित्रै बिरकुलै नपाउने बताउनु भएको थियो ।
कार्यक्रममा नेपाली काङग्रेस जिल्ला कार्यसमिति धादिङका अध्यक्ष रमेश प्रसाद धमलाको अध्यक्षता रहेको श्रद्धाञ्जली सभा कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य नन्द्र प्रसाद कापी, एकिकृत नेकपा माओबादीका केन्द्रिय सदस्य पुष्प बिक्रम मल्ल, नेपाल शिक्षक संघ धादिङका अध्यक्ष दिपक सिंखडा, निमिक्त जिल्ला शिक्षा अधिकारी शोभाकर रेग्मी, विभिन्न संघ÷संस्थाका प्रतिनिधिहरु, कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।