आज भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस

Avatar photo
Dhadingpost
आइतवार, फाल्गुन २, २०७२

couple.jpegधादिङबेसी फागुन २ । आज फेबु्रअरी १४, प्रेम / प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे । मायापे्रम साटासाटगर्दै विश्वभर मनाइदैछ ।
नेपालमा पनि युवाहरुले आफ्ना पे्रमीपे्रमिकालाई विभिन्न उपहार दिएर मनाउने चलनको विकासक्रम बढ्दो छ । बिहानैदेखि प्रेम साटासाट गर्दै विभिन्न कार्यक्रम गर्दैछन् ।
आज विभिन्न पार्क तथा सार्वजनिक स्थलहरुमा युवायुवतीको भीड लाग्ने गरेको छ । ईसापूर्व करिब ३ सय ५० तिर इटालीका तत्कालीन शासक क्लाउडियसको तानाशाही प्रवृत्तिको विरोधमा उत्रिएका सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिइएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।