धादिङबेसी फागुन १ । एकिकृत नेकपा माओवादी जिल्ला कार्य समिति धादिङले २१ औं जनयुद्ध दिवस मनाएको छ ।
धादिङबेसी स्थित धादिङ उद्योग वाणिज्य संघको सभाहलमा चियापान तथा अन्तरक्रिया कार्यक्रम गरि दिवस बनाएको हो ।
संविधान सभामा एमाओवादी तेश्रो दलबने पनि एमाओवादीको एजेण्डा अनुसार नै संविधान जारी भएकोले सहिद तथा वेपत्ता परिवारलाई निरासा नहुन एमाओवादी धादिङका जिल्ला अध्यक्ष रामबहादुर भण्डारीले आग्रह गर्नु भएको थियो ।
एकिकृत नेकपा माओवादी जिल्ला कार्य समिति धादिङका अध्यक्ष राम बहादुर भण्डारीको अध्यक्षता रहेको कार्यक्रममा नेपाली काङग्रेस धादिङका जिल्ला सभापति रमेश धमला, नेकपा एमाले धादिङका कार्यलय सचिव प्रेम सिलवाल, बेपत्ता समाज धादिङका अध्यक्ष टिका कडेल, नेपाल चेपाङ संघका केन्द्रिय सदस्य तिलक चेपाङ, धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष बोधनाथ दुवाडी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले जनयुद्ध दिवसको अवसरमा शुभकामना मन्तव्य राखेका थिए ।
(जनयृद्धमा काम गर्ने नेताको प्रोफाईल) हेर्न यो लिङ्क क्लिक गर्नु होला
जनयुद्धको समयमा धादिङ कार्य क्षेत्र भएका नेताहरुको प्रोफाईल हामीले खोज गर्दै गर्दा जति भेटेऔं त्यति मात्र पोष्ट गरिएको जानकारी गराउन चाहान्छौ । यो प्रोफाईल तात्कालिन माओवादीले रेकर्ड राख्न बनाएको हो जस्ताको तस्तै प्रकाशित गरेका छौ यो प्रोफाईलमा धेरै नेताहरु छुटेका छन् ।