श्रीपञ्चमीको अवसरमा अक्षआरम्भ गर्ने बालबालिकालाई निशुल्क भर्ना

Avatar photo
Dhadingpost
शनिबार, फाल्गुन १, २०७२

धादिङबेसी फागुन १ । श्रीपञ्चमी धादिङ लगायत देशभरका विद्यालयहरुले विभिन्न कार्यक्रमको आयोजना गरी मनाएका छन् ।
श्रीपञ्चमीको दिन विद्याकी देवी सरस्वतीलाई खाली पेटमा पुजाआजा गर्दा पढ्न आउँने र मनले चिताएको कुरा पुग्ने, जनविश्वास रहेको छ ।
श्रीपञ्चमीका दिन साना बालबालिकालाई एड्भान्स एकेडेमीले अक्षराम्भ गराएको थियो । आज अक्षराम्भ गर्ने बालबालिकालाई स्कुलले निशुल्क भर्ना गरि दिने एड्भान्स एकेडेमीका प्रिन्सिपल गोविन्द बुडाथोकिले जानकारी दिनु भयो ।
यसै गरी श्रीपञ्चमीको पावन अबसरमा धादिङ आवसिय उमावि धादिङको बाह्रौं अभिभावक तथा उन्नईसौं बार्षिक उत्सब समारोह सम्पन्न गरेको छ । कार्यक्रममा विबिध साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।
त्यस्तै श्रीपञ्चमीको अबसरमा श्री कालिका निमावि बेनिघाट–४ ले निमावि सञ्चालन गर्न सहयोग गर्ने चन्ददाताहरुलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । बेनिघाट–४ मा निमावि सञ्चालन गर्न कुल २ लाख ७ हजार ९ सय ७२ रुपैंया रकम संकलन भएको बेनिघाटबाट राजेन्द्र कोइरालाले जानकारी दिनु भयो ।