स्वास्थ्यमा चरम लापारवाही झार्लाङ , गनेडाडामा स्वास्थ्यकर्मी छैनन्

Avatar photo
Dhadingpost
शनिबार, फाल्गुन १, २०७२

नारायण सिलवाल/फ्युवा गोपाल
धादिङ फागुन १ । मानवीय संवेदनाको उपेक्षा गर्दै धादिङका स्वास्थ्य कार्यलयहरूमा कर्मचारी खाली रहेका छन् । जिल्ला स्वास्थ्य कार्यलय धादिङको जानकारी अनुसार अधिकांश स्वास्थ्य कार्यलयमा दरबन्दी परिपूर्ती हुन सकेको छैन ।
स्टाफ नर्सको ६ दर्बन्दीमध्ये ५ जना कार्यरत छन् ।
अहिले सम्म पनि धादिङ जिल्लामा हेल्थ असिस्टेन्ट ५४ मध्य २९ मात्र कार्यरत छन् । अहेव १०६ मध्य ६४ कार्यरत छन् । अनमी १०८ मध्य ४१ खाली छन् । रिक्त दरबन्दी स्टाफ नर्स १, हेअ ९५, अहेव ४९, अनमी ६७ खाली छन् ।
यहासम्मकी झार्लाङ स्वास्थ्य चौकी र गनेडाडा स्वास्वास्थ्य चौकीमा एक जना पनि प्राविधिक कर्मचारी छैनन् । स्वास्थ्य जस्तो सम्बेदन शिल क्षेत्रमा देखिएको चरम लापर्वाही कहिले सम्म सहेर बस्ने धादिङ त्यसमा पनि उत्तरी क्षेत्रका स्थानियबासीहरुले ।