प्रसङ्ग २१ औं जनयुद्ध दिबसको

Avatar photo
Dhadingpost
शनिबार, फाल्गुन १, २०७२


हाम्रो गाउँमा जनबादको झुल्कियो बिहानि !
नया रिति नया समाज निर्माण गरौ हामी !!!
जे कुराको पनि एक समय आउदो रहेछ । आयो गयो । यो क्रान्तिकारी गितले डाडा काडा गाउँ पुरै हल्लाउथ्यो । क्रान्तिमय थियो कुनै बेला । नेपाली समाजमा आज सर्वहाराको नाम बेचेर जनतालाई साथ लिएर श्रमिक हक हित छुवाछुत मुक्त समाजवाद हुँदै साम्यबादको लक्ष्यमा माक्र्सवाद, लेनिनबाद, माओबादको अनुशरणमा महान जनयुद्ध थालनि सङ्गै हजारौं लामबद्द हुँदै जनसहभागिता जनाए । धेरैले क्रान्ति र मुक्तिको नाममा धेरैले बलिदान अनि धेरै अपाङ्ग बन्न पुगे । ती महान नेपाली ज्ञात अज्ञात शहिदहरु प्रति लालसलाम ।
आज न सर्वहारा जनताले न्याय पायत न कसैले साम्यबाद नै देख्न पाइरहेछन । पार्टीको नाममा ब्यक्ति मोटाय आफन्तले राज गरे । हुदाहुदै टुटफुट हुँदै सहिद र बेपत्ता परिवार र कार्यकर्ताको बिजोग बनाए हिजो जनयुद्ध र पाटिलाई सहयोग र समर्थित लाखौ कार्यकर्ता बिदेशी भुमिमा पसिना बगाउन बाध्य पारिएको छ । सहिद बेपत्ता परिवार समर्थित सुभचिन्तकको बेहाल छ । अझ सक्छौ त फुटको संघारबाट हैन जुटको आबश्कता बाट न्यायप्रेमी जनता घाइते सहिद बेपत्ता र आम कार्यकर्तालाइ समर्थन जुटाउदै अपुरो क्रान्ति सफल पार्न पटि लागुन ।
२१ओ जनयुद्ध दिबसको अबसरमा सहिद बेपत्ता परिबार र सहयात्रीहरुमा रक्तिम अभिभादन

टेकबहादुर नेपाल
नीकण्ठ नगरपालिका हाल परदशी भुमी