धादिङबेसी माघ २८ । धादिङ जिल्ला स्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ । हिजोबाट हुने भनिएको प्रतियोगिता पूर्व प्रधान मन्त्री तथा शालिन नेता शुशिल कोइरालाको निधनले मुलुक नै शोकाकुल बनेको र सरकारले पनि सार्वजनिक विदा दिएकोले खेल १ दिन ढिला गरी आजबाट सुरु भएको हो ।
धादिङबेसी स्थित चिल्ड्रेनपार्क बोर्डिङले आयोजना गरेको प्रतियोगितामा छात्रा तर्फको भलिबल र कबड्डी खेल जारी रहेको छ ।
अहिले सम्म छात्र भलिबल खेलमा तामाङ खर्क उमाविले आदर्श उमावि गजुरीलाई हराएको छ भने कालीदेवि मावि सलाङले जनकल्याण उमावि क्षेत्र नं. ३ लाई पराजित गरेको छ ।
यस्तै सत्यावती उमावि कुम्पुरले गजुरी पिण्डा मावि लाई हराएको छ भने रानी पौवा उमावि खेल्न मैदानमा नआए पछि क्षेत्र नं. २ को प्रथम टिम ठुलोचौर मावि मैदीलाई विजेता बनाईएको छ । खेल जारी छ २ वटा खेल एकै पटक सुरु गर्ने गरी व्यवस्था मिलाएको आयोजक चिल्ड्रेनपार्कले आजै भलिबलका सबै खेल खेलाउने लक्ष्य राखेको छ ।
खेललाई मर्यादित र छिटो बनाउन यस अघि धादिङका ३ वटै निर्वाचनमा क्षेत्रिय स्तरका प्रतियोगिता सम्पन्न भैसकेका छन् । माध्यामिक विद्यालय स्तरीय यो प्रतियोगिता ३ वटै क्षेत्रमा सबै खेलका प्रथम दितिय र तृतिय भएका खेलाडीहरुलाई जिल्ला स्तरीय प्रतियोगितामा सहभागि गराईएको छ ।




