नेपाली काँग्रेस धादिङको सभापतिमा रमेश धमला विजयी

Avatar photo
Dhadingpost
मङ्लबार, माघ २६, २०७२

धादिङबेसी । नेपाली काँग्रेस धादिङको सभापतिमा रमेश धमला विजयी हुनु भएको छ । युवा पुस्तामा लोक प्रिय मानिने धमलाले २ सय ९० मत प्राप्त गर्दै सभापति बन्नु भएको हो ।
उहाँको निकटतम प्रतिद्वन्दी भिमप्रसाद ढुङ्गानाले २ सय ६४ मत प्राप्त गर्नु भएको थियो ।
नेपाली काँङग्रेस धादिङको १३ औ अधिवेशन अन्तरगत नयाँ सभापति चुन्नको लागि भएको निर्वाचनमा कुल ५ सय ७५ मतदाता मध्ये ५ सय ६५ मत खसेको छ । सभापति पदका लागि ४ जना नाम चर्चामा रहेपनि अन्त्यमा दुइ जनाको मात्र उम्मेद्वारी रहेको थियो ।