कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन

Avatar photo
Dhadingpost
मङ्लबार, माघ २६, २०७२

२६ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन भएको छ ।
सोमबार राति १२ः५० मा महाराजगञ्जस्थित निवासमा कोइरालाको निधन भएको कांग्रेस महामन्त्री प्रकाशमान सिंहले जानकारी दिनुभएको हो ।
बयोबृद्ध कोइराला ७९ वर्ष पूरा भई ८० लागेका थिए । उनी केहि दिनदेखि निमोनिया र ज्वरोका कारण अस्वस्थ हुनुहुन्थ्यो ।
महाधिवेशनका सबै प्र्रक्रिया अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने कांग्रेसले निर्णय गरेको छ ।