उपराष्ट्रपतिको छोरा दिपेशद्वारा भुकम्प पिडित चेपाङलाई राहात वितरण

Avatar photo
Dhadingpost
सोमवार, माघ २५, २०७२

धादिङ माघ २५ । उपराष्ट्रपतिको छोरा दिपेश पुनले भुकम्प पिडित चेपाङ परिवारलाई राहात वितरण गर्नु भएको छ ।
धादिङ र गोरखाको सिमानामा पर्ने गोरखा भुङ्लीचोक पुगि पुनले ९२ घर दुरी भुकम्प पिडित चेपाङ परिवारलाई राहात सामाग्री वितरण गर्नु भएको हो ।
भुकम्पबाट विस्तापित जस्तै बनेका गोरखा हिग्लुङ भुम्लीचोकका चेपाङलाई अहिले तत्काल खाद्यबस्तु नै अभाव रहेको जानकारी आएकोले प्रति घर १ बोराको दर ले चामल र चेपाङ विद्यार्थीहरुलाई स्कुल व्याग वितरण वितरण गरिएको पुनले बताउनु भयो ।
भुकम्प पश्चात विभिन्न जिल्लामा पुगी उद्दार, राहात र पुनरवासका लागि सहयोग गर्दै आएका पुनले गोरखाको थुम्का प्रावि, विजय भवानी उच्च माविको भवन निर्माणमा पनि सहयोग गदै आउनु भएको थियो ।
पुनले धादिङ र गोरखा लक्षित गरि बनाईएको चेपाङ छात्राबासलाई १ लाख ३०हजार २ सय बराबरको रकम चामल खरिदका लागि दिनु भएको थियो । छात्रावासमा अहिले २६ जना चेपाङ बालबालिका अध्ययन गरि रहेका छन् । छात्रावासको लागि जाडोको मध्यनजर भन्दै आजै सिरक वितरण गर्नुभएको थियोे ।
राहात वितरण कार्यक्रममा एमाओवादी नेता वर्षमान पुनको छोरा प्रनिश पुन, वाईसिएल धादिङका जिल्ला अध्यक्ष चन्द्रबहादुर सिलवाल मिलन लागायतको सहभागिता रहेको जोगिमाराबाट तिलक चेपाङले जानकारी दिनु भयो ।