धादिङबेसी माघ २५ । नेपाली काँङग्रेस धादिङको १३ औ अधिवेशन अन्तरगत नयाँ सभापति चुन्नको लागि भएको मतदान सकिएको छ । सभापति पदको लागि भीम ढुङगाना र रमेश धमला चुनाबी मैदानमा छन् कस्ले बाजी मार्ने केशि घण्टा कुर्नु पनेछ । आज भएको निर्वाचनमा कुल ५ सय ७५ मतदाता मध्ये ५ सय ६५ मत खसेको छ ।
त्यसैगरि सचिव पदका लागि भीम ढुङगाना समुहबाट अक्कल बहादुर तामाङ र कोषाध्यक्ष पदका लागि टेकजंग लामा तथा रमेश धमला समुहबाट सचिव पदको लागि हरेराम बुर्लाकोटी तथा कोषाध्यक्ष समुहबाट बाबुकृष्ण सापकोटाले उम्मेद्वारी दर्ता गराएका छन ।
सभापति पदका लागि ४ जना नाम चर्चामा रहेपनि अन्त्यमा दुइ जनाको मात्र उम्मेद्वारी परेको छ । सभापति पदका लागि उम्मेद्वारी दिएका ढुङगाना देउवा पक्षका नेता हुन् भने धमला कोईरला पक्षका हुन ।