क्रन्तिकारी पत्रकार संघको राष्ट्रिय अधिवेशनलाई धादिङबाट १५ जना प्रतिनीधि छनौट

Avatar photo
Dhadingpost
सोमवार, माघ २५, २०७२

धादिङबेसी माघ २५ । आगामी फागुन ७ र ८ गते काठमाडौंमा हुने क्रान्तिकारी पत्रकार संघको राष्ट्रिय महाधिवेशन लागि धादिङबाट १५ जना प्रतिनीधिहरु छनौट भएका छन् ।
आईतबार धादिङबेसीमा प्रदेश नं. ३ का संयोजक सुनिल खड्काको उपस्थितिमा क्रान्तिकारी पत्रकार संघ धादिङले प्रतिनीधि छनौट गरेको हो ।pratinidhi
कस्तो छ राष्ट्रिय महाधिवेशनको कार्यक्रम तालिका
१. फागुन ७ गते विहान ७ देखि ९ वजेसम्म महाधिवेशन तयारी समितिको वैठक वस्ने ।
२. फागुन ७ गते विहान ११ देखि दिउसो २ सम्म उद्घाटन कार्यक्रम गर्ने ।
३. फागुन ७ गते दिउसो ३ देखि ५.३० सम्म अध्यक्ष मण्डल चयन, संगठनात्मक र आर्थिक प्रतिवेदन एवम् विधान प्रस्तुत, छलफल र पारित गर्ने । निर्वाचन समिति गठन । साझ ६. वजेदेखि निर्वाचन समितिले छुट्टै निर्वाचन कार्यक्रम संचालन गर्नेछ ।. महाधिवेशनको वन्द शेषन सो दिन ८ वजेसम्म संचालन गरिनेछ । वन्द शेषनमा समसामयिक प्रस्ताव, आगामी कार्यक्रम र मागहरुसमेत तय गरिनेछ ।
४. फागनु ८ गते नेतृत्व चयन ।