धादिङका ५ जना भए नयाँ शक्तिको केन्द्रिय परिषद सदस्य

Avatar photo
Dhadingpost
आइतवार, माघ २४, २०७२

timधादिङबेसी माघ २४ । यतिबेला बाबुराम भट्टराईले गठन गर्ने नयाँ पार्टीको बहस नेपाली बजारमा छताछुल्ल छ । टिका टिप्पणीका बीच आफ्नो बलबुतोले भ्याए सम्म नयाँ शक्ति अभियानमा लागेका भट्टराईले २ सय ४५ केन्द्रिय परिषद समेत गठन गरेका छन् ।
धादिङबाट एकै परिवारका २ सदस्य सहित ५ जना, त्यो केन्द्रिय परिषदमा परेकाका छन् ।
यी ६ जना मध्ये १ जना कहाँबाट कसरी आए धादिङका जनताले राम्ररी चिनेका छैनन् भने अन्य ४ जना एमाओवादी पार्टीमा लामो समय राजनीति नीवनयापन गरेका नेताहरु नै छन् ।
को-को छन् ५ जना भित्र
१. राजु नेपाल र सृजना रिजाल
यी दुई जना श्रीमान श्रीमती हुन् । राजु धुँवाकोट घर भएका तात्कालीन माओवादीले संचालन गरेको जनयुद्धकालिन नेता हुन् । एमाओवादी धादिङका जिल्ला उपाध्यक्ष समेत बनेका नेपाललाई केहि दिन अघि एमाओवादीले पार्टी विपरित कार्यगरेको भन्दै कार्वाही गरेको थिए । सृजना रिजाल पनि यस अघि एमाओवादी धादिङको सक्रिय महिला नेतृ हुन् ।

३. कल्पना धमला
धादिङ ज्यामरुङमा जन्मिएर एमाओवादीको केन्द्रिय सदस्य हुने एक पात्र हुन् कल्पना धमला । उनी नीकटताको कारण नै भट्टराई प्रधान मन्त्री हुँदा मन्त्री समेत बनेकी थिईन् । महिला नेतृको हिसाबले प्रखर वक्तको रुपमा चिन्न सक्ने नेताको रुपमा लिन सकिन्छ ।

४. रुद्र भट्ट
पुस्ताको हिसवले पछिल्लो पुस्ताका नेताका रुपमा चिनिने भट्ट मैदी निवासी हुन् उनी पोखरामा बस्छन् । एमाओवादीको राजनीतिलाई नजिकबाट निगाल्ने र आफुलाई पत्रकारको रुपमा चिनाउन मनपराउने नेता हुन् । यस अघि एमाओवादी नीकट क्रान्तिकारी पत्रकार संघको केन्द्रिय सदस्य थिए ।

५. डा. राजेन्द्र केसी
धादिङ फुलखर्कका केसीलाई धादिङका जनताले चिन्दैनन् । उनी राजनीति पृष्ठभुमीका नेता होईनन् ।

कस्ता अनुहारहरु देखिन्छन् त नयाँ शक्तिको केन्द्रिय परिषदमा ?

– नेपाल सरकारका पूर्व सचिवहरु

– पूर्व प्रहरी अधिकारीहरु

– चलचित्रकर्मीहरु

– एनजिओकर्मीहरू

– राजनीतिकर्मीहरु