नीलकण्ठ नगरपालिकामा कोईराला पक्ष र देउवा पक्ष बीच प्रतिस्पर्धा

Avatar photo
Dhadingpost
बुधबार, माघ २०, २०७२

धादिङबेसी माघ २० । नेपाली काँग्रेसको तेह्रो महाधिवेशन अन्तरगत आज नगर अधिबेशनहरु सम्पन्न भएका छन् । यस अन्तरगत धादिङबेसी सदरमुकाम रहेको नीलकण्ठ नगरपालीकामा कोईराला पक्षको तर्फबाट शम्भु सिंह ठकुरीको प्यानल र देउवा पक्षबाट राजेन्द्र अधिकारीको प्यानल बीच प्रतिस्पर्धा रहेको छ ।
२ हजार ३ सय मतदाता रहेको यस नगरपलिकामा मतदान गर्न सजिलो होस भनेर नगरपालिकाका सबै वार्डहरुमा मतदान केन्द्रको व्यवस्था गरिएको थियो ।
आज सम्पन्न निर्वाचनमा १३ वटा मतदानबाट १९ सय मतदाताहरुले मतदान गरेको नेपाली काँग्रेस धादिङले जानकारी दिएको छ ।
दिउँसो ४ बजे मतदान कार्य सम्पन्न भए पनि मतपेटीका सदरमुकाम आई नसकेको कारण मत गणना बेलुका ७ बजेबाट मात्र सुरु गरिने समेत बताईएको छ ।
नगरसभापतिमा दुई प्यानल विच प्रतिस्पर्धा भएको छ । एउटा प्यानलको सभापतिमा शम्भु सिंह ठकुरीले उम्मेदवारी दिनु भएको छ भने अर्को प्यानलको सभापतिमा राजेन्द्र अधिकारीले उम्मेदवारी दिनु भएको छ ।