धादिङ माघ १९ । धादिङबेसीबाट विगत डेढबर्ष देखि संचालनमा आएको अनलाईन मिडिया धादिङपोष्ट डटकम सम्मानित भएको छ ।
पाँचौ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको लागि भएको धादिङ २ नम्बर क्षेत्रिय प्रतियोगितामा खेल समाचारलाई प्रमुख बनाई समाचार पम्प्रेसन गरेकोले आयोजकले धादिङपोष्टलाई सम्मान गरेको हो ।
धादिङपोष्टले खेल सुरुभए देखि अन्तिम सम्म खेल प्रेमीहरुको मध्यनजर राखी समाचार प्रकाशन गरेको थियो । यस अलवा यस आनलाईनले आफ्नो साईटमा जिल्लाका गाविस प्रोफाईल, फोन डायरी, जानकरी मुलक टिप्सहरु प्रकाशित गरि रहेको छ ।
जिल्लाका हरेक गतिविधिलाई आफुनो प्रमुख समाचार बनाई समाजमा भएको विकृति विसङ्गतीहरुलाई न्यूनिकरण गर्न महत्वपूर्ण भुमिका निभएको यस अनलाईनलाई यस सम्मानले झने जिम्मेवारी र काममा जोस थपिएको छ ।