अण्डर १९ विश्वकप क्रिकेटमा नेपाल ७ विकेटले पराजित

Avatar photo
Dhadingpost
सोमवार, माघ १८, २०७२

phoneबंगलादेश । बंगलादेशमा जारी १९ वर्ष मुनीको विश्वकप क्रिकेट अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपाल भारतसँग ७ विकेटले पराजित भएको छ ।
ओपनर रिसाभ पन्तको सर्वाधिक ७८ र कप्तान इसान किसानको ५२ रनको मद्धतले भारतले १८ ओभर १ बलमा सजिलै जित निकालेको हो ।
नेपालका लागि प्रेम तामाङले २ र सन्दिप लामिछानेले १ विकेट लिनुभयो । यसअघि टस हारेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित ४८ ओभरमा ८ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो । नेपालका लागि प्रारम्भिक व्याट्सम्यान सन्दिप सुनारले सर्वाधिक ३७ रन बनाउनुभयो । त्यस्तै राजबीर सिंहले ३५, प्रेम तामाङले नटआउट २९ र आरिफ सेखले २६ रन बनाउनुभयो । अन्य नेपाली व्याट्सम्यानको प्रदर्शन भने सम्झन लायक रहेन । भारत समूह बिजेता र नेपाल उप बिजेताको रुपमा क्वार्टर फाईनलमा पुगेका छन् ।