धादिङबेसी माघ १९ । धादिङबेसीमा संचालन भएको क्षेत्र नं. २ स्तरीय राष्ट्रपति रनिङ शिल्डको लागि अन्तर विद्यालय खेलाडी छनौट खेल सम्पन्न भएको छ ।
गत १६ गते देखि संचालनमा आएको प्रतियोगिता निर्धारित समयमा नसकिए पछि आज सम्पन्न भएको हो ।
प्रतियोगितामा प्रत्येक खेलको प्रथम दितिय तृतिय र सन्तोनालाई जिल्ला स्तरीय पाँचौ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि गराउन छनौट खेल आयोजना गरिएको हो । धादिङ क्षेत्र नं. १ र ३ को यस अघिनै छनौट खेल भैसकेको छ ।
यस २ नम्बर क्षेत्रबाट विभिन्न खेलहरुमा विद्यार्थीले ल्याएको अङ्क परिणाम अनुसार २४३ अंकको साथ सत्यावती उमावि कुम्पुर प्रथम भएको छ । यस्तै १०१ अंकको साथ प्रतियोगिताको आयोजक एड्भान्स एकेडेमी नीलकण्ठ दोस्रो भयो । तेस्रोमा ९८ अंकको साथ बालमन्दिर मावि नीलकण्ठ र ९३ अंकको साथ धादिङ आवसिय उच्च मावि नीलकण्ठ सान्तोना भएको थियो । पुरस्कृत विद्यालयलाई खेल समापन कार्यक्रममा शिल्ड प्रमाण पत्रले सम्मानित गरिएको थियो ।
प्रथम सत्यावती उमावि देखि सन्तोना धादिङ आवसिय उच्च मावि सम्म
कुन विद्यालयले कति अंक ल्याए