यु –१९ विश्वकप क्रिकेटमा आज भारत र नेपाल खेल्दै [८ः४५ मा]

Avatar photo
Dhadingpost
सोमवार, माघ १८, २०७२

आईसीसी यु-१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाली टिमले लगातार २ खेल जिति सकेको छ आज बंगला देशमा हुने खेल भरत र नेपालको बीच हुने छ ।
नेपाली समय अनुसार आज बिहान ८ः४५ बजे खेल सुरु हुने छ । नेपालले अघि भएको खेलमा न्यूजिल्याण्ड र आयरल्याण्डलाई हराएको थियो ।
यस अघि यस अघि आयरल्याण्डलाई २५ ओभर ३ बलमा २ विकेट गुमाएर १३२ लक्ष्य पुरा गरि सानदार जित हासिल गरेको हो ।
नेपालको जितमा योगेन्द्रसिंह कार्कीले सर्वाधिक ६१, आरिफ शेखले ३१ र सुनिल धमलाले २८ रनको योगदान गरे । पहिलो बलमै सन्दिप सुनुवार खाता नखोली आउट भएपछि कार्की र धमलाले नेपालको पारी सम्हालेका थिए ।

यसअघि सन्दिप लामिछानेको ह्याट्रिकसहित ५ विकेट लिएपछि निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ३१ रनमा समेटिएको थियो । आयरल्याण्डलाई सस्तैमा समेट्ने क्रममा सन्दिप लामिछानेले ५ सहित दिपेन्द्र एेरीले २ तथा सुशील कंडेल र सुनिल धमलाले समान १(१ विकेट लिएका थिए ।