निर्मल थपलिया मलेखु माघ १६ । प्रकृति मानव केन्द्रित जनअभियान, धादिङको भेला सहिद दिवसको दिन मलेखुमा सम्पन्न भएको छ । उक्त भेला ६ जना अध्यक्ष मन्डलको नेतृत्वमा सन्चालन भएको हो ।
अध्यक्ष मन्डलमा जनअभियानका संस्थापक अध्यक्ष डा।डि।बि सिंह, वर्तमान अध्यक्ष उत्तम कंडेल, अधिवक्ता जि बि आचार्य, शिव सापकोटा, तिर्थ सिलवाल, र वासु रेग्मी हुनुहुन्थ्यो ।
भेलामा उत्तम कंडेल, जि बि आचार्य, शिव सापकोटा, भुमी कंडेल, बलराम सिग्देल, सुदर्शन पन्डित, बैरेनी गा।बि।स। सचिब र डा। डि बि सिंहले प्रकृति(मानव केन्द्रित दर्शन बिचारबारे प्रकाश पार्नु भएको थियो ।
उक्त भेलाले उत्तम कंडेलको संयोजकत्वमा सुदर्शन पन्डित, तिर्थ सिलवाल, शिव सापकोटा, बलराम सिग्देल, गणेश राउत, अनिता त्रिपाठी, अर्पणा त्रिपाठी र शिवराज डि के रहेको जिल्ला संयोजन समिती गठन गरेको छ भने ध्रुव थापा, विश्व अधिकारी र भुमी कंडेल रहेको सल्लाहकार समिती समेत गठन गरेको छ ।